सडक ठप्प भएपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन्।
गुल्मी– शुक्रबारदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर खुलेको छैन। सडक ठप्प हुँदा यात्रु समस्यामा परेका छन्।
कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरेमा सुक्खा पहिरो खसेपछि शुक्रबार अपराह्नदेखि सडक अवरुद्ध भएको थियो। सडक ठप्प भएपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन्।
सडक सञ्चालन गर्न पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर परिचालन गरिए पनि पहिरो खसिरहेको हुँदा सडक सञ्चालन गर्न समस्या परको गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताए।
यात्रुलाई हर्मिचौर माथिबाट देउरालीहुँदै अर्बेनीकोटको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको प्रहरीले जनाएको छ। “सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ, यात्रीको सुरक्षालाई ध्यानमा राखेर प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाएका छौँ,” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले भने।
पहिरो झर्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्नसक्ने अवस्था नरहेको उनको भनाइ छ। मुख्य सडक बन्द हुँदा त्यस क्षेत्रका नागरिकलाई समस्या परेको गाउँपालिका अध्यक्ष थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
