तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुलको एउटा स्पानको स्ल्याबमा चिरा परेपछि मर्मत भइरहेकै बेला आइतबार बिहान पूरै भाँचिएर खसेको छ।
रामेछाप– रामेछापको मन्थली नगरपालिका–६ कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ। आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याब पूरै खसेको हो।
स्थानीय पाण्डव प्रसाईंका अनुसार, यसअघि गत वैशाख २६ गते सोही स्ल्याबमा चिरा परेको थियो। त्यसपछि निर्माण कम्पनीले उक्त भागलाई टाल्ने काम गरिरहेकै बेला आइतबार बिहान स्ल्याब पूरै भाँचिएर खसेको हो।
“पहिले भाँचिएको पुललाई प्राविधिक र निर्माण कम्पनीको मिलेमतोमा टालटुल पारेर हस्तान्तरण गर्ने प्रयास भइरहेको थियो, तर अडिएन,” उनले भने, “आज बिहान पुलको बीचको एक स्ल्याब पूरै भाँचिएर खस्यो।”
सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८/७९ मा ‘डिजाइन एन्ड बिल्ड’ मोडलमा ठेक्का लगाइएको यो पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो। २३० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुल करबाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले हालसम्म ७० प्रतिशत भुक्तानी पाइसकेको छ।
पुल निर्माणको म्याद २०८२ भदौ मसान्तसम्म भए पनि निर्माण कम्पनीले यसै असारभित्र काम सकेर हस्तान्तरण गर्ने तयारी गरेको थियो। तर, निर्माण नसकिँदै पुल भत्किएपछि निर्माण कार्यको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ।
यो पुल मन्थली नगरपालिका–६ र ७ लाई सिधा जोड्नुका साथै मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ र सुनपाति गाउँपालिका जान छोटो दूरीको सडकका रूपमा महत्त्वपूर्ण मानिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
