अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आइतबार विशेष अदालत, काठमाडौँमा दायर गरिएको मुद्दामा उनीहरूमाथि शवदाह गृहमा नयाँ मेसिन किन्दा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
पशुपति क्षेत्र विकास कोषले २०८० असार ५ गते आह्वान गरेको बोलपत्रको मूल्यांकनमा प्रतिस्पर्धा सीमित गराएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. थापासमेतका प्रतिवादीको आपसी मिलोमतो र योजनामा आफूहरूलाई लाभ तथा कोषलाई हानि पुर्याउने बदनियतले उक्त रकम बराबरको भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ।
मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, तत्कालीन निमित्त उपनिर्देशक एवं हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सीताराम रिसेल रहेका छन्।
त्यसैगरी, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी र लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुलचोक क्याम्पसको इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, कानूनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।
त्यस्तै, म्याप इन्टरप्रिनर्स् प्रालि र त्यसका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई तथा एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक सुरज चापागाईविरुद्ध पनि पनि मुद्दा दायर भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
