चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब १८ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४०.५० प्रतिशतले बढेको छ।
कार्यालयको तथ्यांकअनुसार (साउन–जेठ) सम्ममा तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजार रुपैयाँको चिया निर्यात भएको छ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १४ हजार ४६३.३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा दुई अर्ब ७५ करोड २८ लाख ३२ हजार रुपैयाँको चिया निर्यात भएको थियो।
कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म अलैँची निर्यात ३.८० प्रतिशतले घटेको छ।
चालु आर्थिक वर्षको ११ महिनामा सात अर्ब १८ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा सात अर्ब ४६ करोड ६८ लाख ७६ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो।
कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ६७ प्रतिशत, फलामेपाता ९.६, प्लाइउड ११.६० प्रतिशत र मोलासिस निर्यातमा ४००.५० प्रतिशतले वृद्धि भएको छ।
यसैगरी, सिमेन्ट क्लिंकर १२.६० प्रतिशत, अदुवा ५९.७० प्रतिशत, अम्रिसो १५.२ प्रतिशत र छुर्पी निर्यातमा ७.७ प्रतिशतले कमी आएको छ।
मेची भन्सारबाट चालु आर्थिक वर्षको ११ महिनामा २३ अर्ब २८ करोड ३५ लाख ५६ हजारको मालवस्तु निर्यात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
