लडाकु विमान र ड्रोनसहितका चिनियाँ हवाइ सेनाका ७१ वटा विमान ताईवानको सीमामा प्रवेश गरेको ताइवानी रक्षामन्त्रालयको दाबी छ।
चीनले ताइवानको हवाइ र जल क्षेत्रमा अहिलेसम्मकै बृहत् सैन्य अतिक्रमण गरेको ताइवानले दाबी गरेको छ। लडाकु विमान र ड्रोनसहितका चिनियाँ हवाइ सेनाका ७१ वटा विमान ताइवानको सीमामा प्रवेश गरेको ताइवानी रक्षा मन्त्रालयले जनाएका हो।
ताइवानले हवाइ रक्षा पहिचान क्षेत्रका रूपमा दाबी गर्दै आएको क्षेत्रमा चीनले अतिक्रमण गरेको ताइवानको दाबी छ। ताइवानका विदेशमन्त्री जोसेप वुले चिनियाँ कदमलाई उत्तेजक भन्दै आपत्ति जनाए।
सोमबार ४३ वटा चिनियाँ विमानले दुई मुलुकबीचको मेडियन लाइन पार गरेको ताइवानी रक्षा मन्त्रालयको दाबी छ। चीन र ताइवानको सीमालाई छुट्याउने मेडियन लाइन अनौपचारिक रक्षा क्षेत्र हो।
ताइवानी सीमा क्षेत्रमा सैन्य उपस्थिति बलियो पारेको चीनले ताइवानलाई चीनमा गाभ्ने प्रतिबद्धता जनाएको छ। बल प्रयोगको पक्षमा नरहेको दाबी गर्दै आए पनि चिनियाँ गतिविधि बल प्रयोगको पक्षमा देखिएको भन्दै अन्तर्राष्ट्रिय समुदायले पनि चासो व्यक्त गरेका छन्।
ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र भन्दै आए पनि चीनले ताइवानलाई आफ्नो देशबाट छुट्टिएको एउटा प्रान्तका रूपमा मात्रै हेर्नेगर्छ। र, कुनै दिन ताइवानलाई आफ्नो भूमिमा गाभेरै छाड्ने प्रतिबद्धता गरेको छ। तर, ताइवान कुनै पनि हालतमा चीनमा गाभिने पक्षमा छैन।
ताइवानले चीनले आक्रमण गरे आफ्नो रक्षाका लागि अन्तिम क्षणसम्म लड्ने बताउँदै आएको छ। यसकै लागि अन्य मुलुकसँग सैन्य सहयोग माग्दै आएको ताइवानलाई अमेरिकाको बलियो समर्थन रहेका कारण पछिल्लो समय दुई देशबीचको तनाव उत्कर्षमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
चीनले अमेरिकी सहयोग नलिन ताइवानलाई र सहयोग नगर्न अमेरिकालाई चेतावनी दिँदै आएको छ। ताइवानलाई अमेरिकाले हतियारलगायत अन्य सुरक्षा सामग्रीहरू सहयोग गर्दै आएको छ। तर, चीनले यसको विरोध गर्दै आएको छ। पछिल्लो समय ताइवान चीन र अमेरिकाबीचको तनावको कारण बन्दै आएको छ।
विशेषगरी गत अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीचको तनाव थप चुलिएको हो। पछिल्लो २५ वर्षयता ताइवानको भ्रमणमा जाने पेलोसी पहिलो अमेरिकी वरिष्ठ नेता हुन्।
पेलोसीको भ्रमणपछि आक्रोशित चीनले ताइवानी सामुद्रिक क्षेत्रमा अहिलेसम्मकै बृहत् सैन्य अभ्यास गरेको थियो भने ताइवानसँगको केही व्यापारमाथिसमेत प्रतिबन्ध लगाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
