कोलम्बियाको दक्षिणपश्चिमस्थित छापामार नियन्त्रित क्षेत्रका स्थानीय बासिन्दाले ५० जनाभन्दा बढी कोलम्बियाली सैनिकलाई बन्धक बनाएको सेनाले जनाएको छ।
कोलम्बियाको दक्षिणपश्चिमस्थित छापामार नियन्त्रित क्षेत्रका स्थानीय बासिन्दाले ५० जनाभन्दा बढी कोलम्बियाली सैनिकलाई बन्धक बनाएको सेनाले आइतबार जनाएको छ।
सेनाका अनुसार, सैनिकको एउटा प्लाटुनले मिके क्यान्योन र एल टम्बो नगरपालिकाको एक भागमा अपरेसन गरिरहेको बेला शनिबार स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। यसैगरी, आइतबार एल प्लेटाडोतर्फ गइरहेको सैनिकको अर्को समूहलाई कम्तिमा २०० बासिन्दाले घेरा हालेको जनाइएको छ।
यी दुवै घटनामा चार गैर कमिसन अधिकृत र ५३ जना पेशेवर सैनिकलाई उनीहरूको स्वतन्त्रताबाट वञ्चित गरिएको सेनाले पुष्टि गरेको छ।
कोलम्बियाका द्वन्द्वग्रस्त क्षेत्रहरूमा विद्रोही समूहहरूले समय–समयमा नागरिकलाई सुरक्षा बललाई अगाडि बढ्नबाट रोक्नका लागि प्रयोग गर्छन्। उनीहरूलाई सामान्यतया मानव अधिकार संगठनहरूको हस्तक्षेपपछि केही घण्टामा रिहा गरिन्छ।
जनरल फेडेरिको अल्बर्टो मेजियाले एक भिडियोमा यो समुदायमा घुसपैठ गरेका गुरिल्लाहरूले गरेको अपहरण भएको बताए। सेनाका अनुसार, किसानले तत्कालीन सरकारसँग सन् २०१६ को शान्ति सम्झौतामा हस्ताक्षर नगर्ने असन्तुष्ट समूह, तथाकथित सेन्ट्रल जनरल स्टाफ (ईएमसी) बाट आदेश प्राप्त गरेका थिए।
राष्ट्रपति गुस्ताभो पेट्रोले आइतबार गुरिल्लाहरूको मेक्सिकन कार्टेलसँगको कथित सम्बन्धलाई उल्लेख गर्दै किसानहरूलाई विदेशीहरूको आज्ञा पालन गर्ने सशस्त्र समूहहरूमा विश्वास नगर्न आग्रह गर्नुभएको छ।
राष्ट्रपति पेट्रोले सामाजिक सञ्जाल एक्समार्फत भने, “हामी शान्ति विस्तार गर्न चाहन्छौँ तर सैनिकलाई मुक्त गर्नु आवश्यक छ।”
पेट्रोले सशस्त्र बलले सम्पूर्ण मिके क्यान्योनमा पहुँच सुनिश्चित गर्न महिनौँदेखि प्रयास गरिरहेको समेत बताएका छन्। मार्चमा सोही क्षेत्रका स्थानीय बासिन्दाले २८ जना प्रहरी अधिकारी र एक सैनिकलाई बन्धक बनाएका थिए, जसलाई दुई दिनपछि रिहा गरिएको थियो।
कोलम्बियाले पछिल्लो दशकमा खराब सुरक्षा संकटको सामना गरिरहेको छ। पेट्रोले एएमसीसँग शान्ति वार्ता गर्ने प्रयास गरे पनि मुख्य नेता इभान मोर्डिस्कोले वार्ता अस्वीकार गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
