काठमाडौँ जिल्ला अदालतले बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
काठमाडौँ– काठमाडौँको नक्सालस्थित नेपाल बालमन्दिरको जग्गा हिनामिना प्रकरणका प्रतिवादी तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सोमबार थुनछेक बहसपछि श्रेष्ठसँग धरौटी माग गर्ने आदेश दिएको सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार श्रेष्ठसँग पाँच लाख धरौटी माग गर्ने आदेश भएको हो।
मुद्दा दायर भएपछि श्रेष्ठ सोमबार अदालतमा उपस्थित भएका थिए। उनको बयान र थुनछेक बहसपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले वैशाख २४ गते तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनालाई प्रतिवादी बनाई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। ६० करोड ३९ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर भएको थियो।
तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, तत्कालीन विभिन्न पदमा रहेका पदाधिकारीहरू कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरूङ, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठलाई पनि मुद्दा चलाइएको थियो।
त्यस्तै, बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका सञ्चालक प्रवीणराज जोशी, तत्कालीन सञ्चालक मुरारीनिधि तिवारी, प्रालिका अध्यक्ष पुरूषोत्तमराज जोशीसहित श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेयलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो।
यो पनि – बालमन्दिरको बर्बादीमा जोडिएका महासचिव गणेशभक्त : टेकुको जग्गा आफैँले हडपेर व्यापार
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
