इरानमा रहेका ११ नेपाली श्रमिक भारतको सहयोग र समन्वयमा राजधानी तेहरानबाट ९०० किलोमिटर टाढाको मासाद शहरमा आइपुगेका छन्।
काठमाडौँ– इरानमा रहेका ११ नेपाली श्रमिक भारत सरकारको सहयोग र समन्वयमा राजधानी तेहरानबाट ९०० किलोमिटर टाढाको मासाद शहरमा आइपुगेका छन्। तेहरानस्थित विभिन्न कूटनीतिक नियोगमा कार्यरत ११ जना नेपाली सोमबार बिहान मासाद आइपुगेका हुन्।
अब पालोक्रमअनुसार भारतीय दूतावासले प्रबन्ध गरेको जहाजमा केही दिनमा दिल्ली आइपुग्ने यो समूहका अगुवा विष्णुप्रसाद भुसालले बताए। उनका अनुसार, वैदेशिक रोजगारी क्रममा म्यानपावरको ठगीका कारण तेहरानमा डेढ महिनादेखि थुनामा रहेका पाँच जना नेपाली पनि केही दिनमा यात्रा अनुमति पत्रसहित अरू कागजी प्रक्रिया मिलाएर नेपाल फर्कँदै छन्।
“हामी लामो समयदेखि तेहरानस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगमा कार्यरत थियौँ,” भुसालले उकालोसँग भने, “म संयुक्त अरब इमिरेट्स दूतावासमा थिएँ। अरू साथीहरू सिरियाली र भारतीय दूतावासमा काम गर्दै आएका थिए। स्थिति असहज भएपछि घर फर्कने निधोमा पुग्यौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
