कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ। 

रसुवा– कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

असार ७ गते चीनको भूभागमा उनको मृत्यु भएको थियो।

मृतक सिंहको शव केरुङदेखि स्याफ्रुबेँसी हुँदै हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।