नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं मुन्धुमविद् वैरागी काइँलाले कवि लुमुम्बूलाई ५५ हजार ५०० रुपैयाँसहित दोसल्ला तथा सम्मानपत्र अर्पण गरेका थिए।
काठमाडौँ– कवि तथा प्राज्ञ शशी लुमुम्बूलाई ‘हङकङ साहित्यिक साझा शृंखला पुरस्कार तथा सम्मान–२०२५’ प्रदान गरिएको छ।
काठमाडौँमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं मुन्धुमविद् वैरागी काइँलाले ५५ हजार ५०० रुपैयाँसहित दोसल्ला तथा सम्मानपत्र अर्पण गरे।
समारोहमा वैरागी काइँलाले नेपाली कविता–काव्य विधामा शशी लुमुम्बूले सशक्त कविता सिर्जना गरी उल्लेखनीय योगदान दिएको चर्चा गरे। उनले नेपाली साहित्यको श्रीवृद्धिमा डायस्पोरामा रहेका साहित्यकारले सिर्जनाका माध्यमबाट विशिष्ट योगदान दिएको बताए।
प्राज्ञ तथा कवि श्रवण मुकारुङले नेपाली साहित्यमा कविता लेखनका अतिरिक्त अन्य लेखकका कृति सम्पादन, महत्त्वपूर्ण कार्यक्रमको संयोजन आदिका माध्यमबाट शशी लुमुम्बूले अतुलनीय योगदान दिएको बताए।
पुरस्कृत तथा सम्मानित प्रतिभा शशी लुमुम्बूले हङकङ प्रवासी नेपाली स्रष्टाको श्रमको बुँद–बुँदबाट जम्मा भएको कोषबाट स्थापित पहिलो पुरस्कार आफूले प्राप्त गर्दा गौरवको अनुभूति भएको बताए।
समारोहका सभाध्यक्ष एवं साहित्यकार दाजु गुरुङले नेपाली साहित्यको उन्नयनमा हङकङेली नेपाली डायास्पोरिक लेखक/साहित्यकारले विशिष्ट योगदान गरिरहेको बताए। राज्यले भने उक्त योगदानलाई अनदेखा गरिरहेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
