नेपालसँग जापान ९ विकेटले पराजित

जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि शुभम खनालले ५ विकेट लिए।

काठमाडौँ– एसीसी पुरुष  यू१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले जापानलाई ९ विकेटले हराएको छ। 

मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। 

नेपालका शिवान्स बजगाईं ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे। जोय थापा १ रनमा आउट भए।

टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनायो। जापानका लागि  कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए। त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

नेपालका लागि शुभम खनालले ५ विकेट लिए। अभय यादवले २ तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान १ विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो। 

नेपालले दोस्रो खेलमा अपराजित रहँदै ४ अंक जोडेको छ। जापानको यो पहिलो हार हो। पहिलो खेलमा नेपालले सिंगापुर तथा जापानले भुटानलाई हराएको थियो।