पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको छ।

फाइल तस्वीर

किमाथांका– सुक्खा पहिरोका कारण उत्तर–दक्षिण कोशी सडकअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको छ।

मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए। 

मंगलबार बिहान फ्याक्सिन्दास्थित फ्याक्रेखोलाको पुलमा सुक्खा पहिरो खसेको थियो। जसका कारण खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध हुँदा मकालुको केही वडा र भोटखोला जाने यातायात अवरुद्ध भएको डीएसपी बस्नेतले बताए। 

फ्याक्रेखोलाको पुलमा खसेको पहिरो हटाउन शुरू गरिएको उत्तर–दक्षिण कोशी सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए।