मंगलबार नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ को बिन्दुमा कायम भएको हो। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
विभिन्न ३१६ कम्पनीको एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ६२ हजार ७५५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७६ करोड ७८ लाख ९५ हजार एक रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि सोमबार ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
आजको कारोबारमा बैंकिङ ०.४४, लगानी ०.२७, उत्पादन तथा प्रशोधन ०.४२, लघुवित्त ०.१९ र म्युचुअलको उपसूचक ०.२७ प्रतिशतले बढेको छ। अरू समूहको उपसूचक घटेको छ। विकास बैंक ०.४२, वित्त ०.७४, होटल तथा पर्यटन ०.९८, जलविद्युत् ०.४४, जीवन बीमा ०.१२, निर्जीवन बीमा ०.३१, अन्य ०.११ र व्यापारको उपसूचक ०.०९ प्रतिशतले घटेको छ।
ओम मेघाश्री फार्मास्युटिकल्सको शेयर मूल्य आज सबैभन्दा धेरै ८.०१ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने १०% एनआईसी एशिया डिबेन्चर २०८५/८६ (एनआईसीएडी८५/८६)को शेयर मूल्य ५.१७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावरको २७ करोड ६५ लाख ९० हजार ९७७ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने शिव श्री हाइड्रो पावरको ६ लाख ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
