सशस्त्र प्रहरीको असई बनाइदिने भन्दै चार लाख ९१ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँको नागार्जुनबाट एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै चार लाख ९१ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
“सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकाली दिन्छु भनी पीडितलाई आफूले दिएको ई–सेवा नम्बर तथा विभिन्न बैंक खातामा चार लाख ९१ हजार रुपैयाँ जम्मा गर्न लगाइ ठगी गरी फरार भएकामा काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी भएकाले क्षेत्रीलाई पक्राउ गरिएको हो,” उनले भने।
क्षेत्रीले काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा फेला पारी ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
