‘जसपाको समर्थन फिर्ताले सरकारलाई असर पर्दैन’

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच सांसद रहेको आफ्नो दलले समर्थन फिर्ता लिँदा सरकारलाई कुनै असर नपर्ने बताएका छन्।

भक्तपुर– जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले पाँच सांसद रहेको आफ्नो दलले समर्थन फिर्ता लिँदा सरकारलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन्।

रफत सञ्चार क्लब भक्तपुरले मंगलबार आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा बोल्दै यादवले आफ्नो पार्टीले जुन विषय र कुरा उठान गरेर सरकारलाई समर्थन गरेको थियो, त्योअनुसार सरकार नचलेपछि समर्थन फिर्ता लिने निर्णय गरिएको बताए।

“हामीले भनेजस्तो नहुने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयमा हाम्रो पार्टी पुगेको हो,” अध्यक्ष यादवले भने, “हाम्रो पाँच सांसद मात्रै रहेकाले हामीले समर्थन फिर्ता लिएर पनि सरकार सञ्चालनमा कुनै असर भने पर्दैन।”