सेफ्टीक ट्यांकीमा डुबेर रौतहटमा २ बालबालिकाको मृत्यु

मंगलबार साँझ हृदय पासवानको घरमा खेल्ने क्रममा ट्वाइलेटको सेफ्टीक ट्यांकीमा डुबेका उनीहरूको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

फाइल तस्वीर।

चन्द्रपुर– चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्यांकीमा डुबेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार मंगलबार राति चन्द्रपुर–१० बिनुवाटोलका दुई वर्षीय रन्जे साह र सोही गाउँकी दुई वर्षीया खुश्बु साहको डुबेर मृत्यु भएको हो। 

साँझ दुवैजना स्थानीय हृदय पासवानको घरमा खेल्ने क्रममा ट्वाइलेटको सेफ्टीक ट्यांकीमा डुबेका थिए। दुवै बालबालिकाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।