काठमाडौँ महानगरपालिका– १६ निर्मल लामा मार्गस्थित अमृत स्कुल अगाडिको सडक वर्षौं बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।
काठमाडौँ– नेपालमा अधिकांश विकासका आयोजना तोकिएको समयभित्र नहुने गरेका छन्।
गौरवको आयोजना होस् या स्थानीय सरकारले सञ्चालन गर्ने साना बजेटका योजना, सबैमा ढिला हुने गरेको छ। यसकारण नागरिकले सास्ती खेप्नु परिरहेको छ।

संघीय राजधानी काठमाडौँ महानगरपालिकाभित्रको सडकको अवस्था पनि उस्तै छ। महानगरको वडा नं १६ र २६ का स्थानीय हिलाम्मे सडकका कारण सास्ती खेप्न बाध्य छन्। वडा नं १६ निर्मल लामा मार्गस्थित अमृत स्कुल अगाडिको सडक वर्षौं बित्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।
सडक हिलाम्मे भएपछि स्थानीयले वडा कार्यालयमा दबाब दिएपछि अहिले ग्राबेलिङ भइरहेको छ । वडा नं २६ ले निर्माणको जिम्मा लिएको म्हेपी सडकको पनि बिजोग छ।

माघदेखि सो सडकमा ढल व्यवस्थापनको काम गरिएको थियो। जेठमा ढल व्यवस्थापन गरिसकिए पनि बाँकी काम अगाडि बढ्न सकेको छैन।
सो सडक प्रयोग गरी स्कुल जाने साना विद्यार्थी, अन्य पैदल यात्रु, दुईपाङ्ग्रे सवारी साधन र स्थानीयले हिलाम्मे सडकका कारण दैनिक रूपमा सास्ती भोग्नु परेको छ। घाम लागेको समय धूलोले सताउने गरेको स्थानीयले बताएका छन्।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
