मंगलबार ०.२२ अंकले घटेको नेप्से बुधबार पनि ०.३३ अंक घटेर करिब स्थिर नै रहेको छ।
काठमाडाैँ– शेयरबजार परिसूचक नेप्से निरन्तर दोस्रो कारोबार दिन पनि करिब स्थिर रहेको छ। मंगलबार ०.२२ अंकले घटेको नेप्से बुधबार पनि ०.३३ अंक घटेर करिब स्थिर नै रहेको छ। आज नेप्से २६००.२० विन्दुमा बन्द भएको छ।
नेप्से स्थिर रहे पनि कारोबार रकम भने सामान्य बढेको छ। मंगलबार ५ अर्ब ७६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ३११ स्टकको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ९४ करोड २८ लाख ५२ हजार रुपैयाँबराबर कारोबार भएको छ।
मोदी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यस्तै, तेह्रथुम पावरको शेयरमूल्य ९.७७ प्रतिशत तथा पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ७.७७ प्रतिशतले बढेको छ। कारोबारमा आएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ९.५१ प्रतिशतले घटेको छ।
१३ उपसमूहमध्ये बुधबार ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४३ प्रतिशतले बढेको छ भने हाइड्रो, म्युचुअल फन्ड, दुबै बिमा कम्पनी र विकास बैंक सामान्य बढेका छन्।
आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
