यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको बताइएको छ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा गरेका छन्। यो कदम इरान समर्थित उग्रवादी समूहहरूलाई आर्थिक सहयोग रोक्ने उद्देश्यले लिइएको र दुई देशबीच युद्धविराम लागू भएको एक दिनपछि आएको बताइएको छ।
“मन्त्री काट्जले इरानको केन्द्रीय बैंक, दुई अतिरिक्त इरानी बैंक र एक इरानी सशस्त्र बलसम्बद्ध कम्पनीलाई आतंकवादी संगठनका रूपमा घोषणा गर्ने विशेष आदेशमा हस्ताक्षर गरे,” उनको कार्यालयको विज्ञप्तिमा भनिएको छ, “इरान विरुद्ध इजरायलको व्यापक अभियानको हिस्सा भएको यो कदमको उद्देश्य इरानी शासनको आतंकवादी वित्तपोषण प्रणालीको मुटुलाई लक्षित गर्नु हो, जसले मध्यपूर्वभर आतंकवादलाई वित्त पोषण, हतियार र निर्देशन दिन्छ।”
लामो समयदेखिका शत्रुहरू इरान र इजरायलले मंगललबार १२ दिनको जवाफी आक्रमण समाप्त गर्दै युद्धविराममा सहमति जनाएका थिए। दुई पक्ष दशकौँदेखि छायाँ युद्धमा फसेका छन्। इजरायलले सन् २०२३ अक्टोबरदेखि गाजा पट्टीमा हमाससहित यस क्षेत्रका धेरै इरान समर्थित समूहसँग लडिरहेको छ।
इजरायलले जुन १३ मा शुरू भएको आफ्नो बमबारी अभियानको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताएको थियो। आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ।
“हामीले एउटा महत्त्वपूर्ण चरण सम्पन्न गरेका छौँ तर इरान विरुद्धको अभियान समाप्त भएको छैन। हामी हालको उपलब्धिहरूका आधारमा नयाँ चरणमा प्रवेश गरिरहेका छौँ,” इजरायली सेनाका प्रमुख इयाल जमीरले मंगलबार एक विज्ञप्तिमा भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
