प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताका लागि काम गर्ने बताए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी, लाइसेन्स लिँदा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्ने बताएका छन्।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकपछि प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। "राहदानी, लाइसेन्ससम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ", उनले भने।
उनले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए। उनले अबको सरकारले सुशासन कायम गर्ने पनि बताए।
उनले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चाँडै प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको पनि बताए।
प्रधानमन्त्री दाहालले गम्भीर रूपले देश र जनताका समस्याको सम्बोधन गर्ने प्रतिबद्धता जनाए। "हामीले गम्भीर रूपले देश र जनताका अघि रहेका समस्याहरूलाई सम्बोधन गर्न केन्द्रित हुनेछौँ", उनले भने।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा आएका सबैको नै केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे।
सोमबार अपराह्न प्रधानमन्त्री दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिएपछि ८ सदस्य मन्त्रिपरिषद् विस्तार गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
