मेक्सिकोको गुआनाजुआटो राज्य आपराधिक समूहहरू बीचको निरन्तर युद्धका कारण सबैभन्दा हिंसात्मक राज्यहरूमध्ये एक बनेको छ।
काठमाडाैँ– मेक्सिकोमा एक धार्मिक उत्सवको क्रममा भएको बन्दुक आक्रमणमा हिंसाग्रस्त गुआनाजुआटो राज्यमा ११ जनाको मृत्यु भएको छ भने कम्तिमा २० जना घाइते भएका छन्।
यो घटना गुआनाजुआटोको इरापुआटो शहरमा मंगलबार राति भएको हो। स्थानीयहरू सेन्ट जोन द ब्याप्टिस्टको सम्मानमा नाचगान र मदिरा सेवन गरिरहेका बेला आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ। अनलाइनमा शेयर गरिएका भिडियो फुटेजमा मानिसहरू नाच्दै उत्सव मनाइरहेका बेला गोली चलेको आवाज सुनिन्छ र भिड तितरबितर हुन्छ।
एक विज्ञप्तिमा, इरापुआटोको स्थानीय सरकारले आक्रमणलाई 'कायरतापूर्ण कार्य' भनेको छ र सुरक्षा बलले जिम्मेवार व्यक्तिहरूलाई खोजिरहेको बताएको छ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले आक्रमणको निन्दा गर्दै घटनाको अनुसन्धान भइरहेको बताएकी छिन्। यो घटना गत महिना गुआनाजुआटोमा भएको यस्तै त्रासदीपछिको घटना हो। त्यतिबेला सान बार्टोलो डे बेरियोसमा क्याथोलिक चर्चको एक कार्यक्रममा गोलीबारी हुँदा सात जनाको मृत्यु भएको थियो।
मेक्सिको सिटीको उत्तरपश्चिममा अवस्थित गुआनाजुआटो आपराधिक समूहहरू बीचको निरन्तर युद्धका कारण सबैभन्दा हिंसात्मक राज्यहरूमध्ये एक बनेको छ। यहाँ गिरोह युद्धहरू भइरहन्छन्।
यस राज्यले वर्षको पहिलो पाँच महिनामा एक हजार ४३५ हत्याको रेकर्ड गरेको छ, जुन अन्य कुनै पनि राज्यको भन्दा दोब्बर बढी हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
