ड्रोनलाई उडाएर सही ठाउँमा पुगेको सुनिश्चित गर्न तथा आकाशमा प्रकाशमार्फत कस्तो दृश्य दिने भनेर प्राविधिक टोलीले कडा मेहनत गरेका हुन्छन्।
काठमाडाैँ– ड्रोनको प्रयोग गरेर चीनमा अनाैठो विश्व कीर्तिमानी कायम गरिएको छ।
चिनियाँ शहर चोङकिङले हालै ११ हजार ७८७ ड्रोनहरू सहितको विशाल प्रकाश प्रदर्शनी आयोजना गरेर नयाँ कीर्तिमानी कायम गरेको हो। चीन आफ्नो ठूलो स्तरको ड्रोन प्रकाश प्रदर्शनीको लागि प्रसिद्ध हुँदै गएको छ। तर चोङकिङ शहरले आयोजना गरेको कार्यक्रम 'चार्मिङ चोङकिङ'ले भव्य ड्रोन प्रकाश प्रदर्शनीको लागि नयाँ मानक स्थापित गरेको र यस प्रक्रियामा नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरिएको दाबी गरिएको छ।

अघिल्लो वर्ष चीनको सेन्जेन पार्कमा १० हजार ड्रोन उडाएर गिनिज वर्ल्ड रेकर्ड कायम गरिएको थियो।
यही जुन १७ को रातमा विश्वको सबैभन्दा ठूलो ड्रोन प्रकाश प्रदर्शनी हेर्न शहर चोङकिङमा एक लाखभन्दा बढी मानिसहरू उपस्थित थिए। ११ हजारभन्दा धेरै साना ड्रोनहरूले रातको आकाशलाई अनेक दृश्यसहित झिलीमिली पारे। विभिन्न आकार र लिखित सन्देश बनाउँदै भीडलाई उत्साहित बनायो।
चिनियाँ इतिहास र संस्कृतिबाट प्रेरित धेरै विशाल ढाँचाहरू चोङकिङको रात्रि आकाशमा पुनर्निर्माण गरिएको थियो। रंगीन फूलहरूदेखि विस्तृत स्काइलाइनहरू र स्थानीय मस्कटसम्म दृश्यमा उतारिएको थियो।

ड्रोनलाई उडाएर सही ठाउँमा पुगेको सुनिश्चित गर्न तथा आकाशमा प्रकाशमार्फत कस्तो दृश्य दिने भनेर प्राविधिक टोलीले कडा मेहनत गरेका हुन्छन्। सयाैँ रिहर्सल र डिबगिङ सत्रहरू सञ्चालन गरिन्छ। जमिनमा बिछ्याएर राखेका ड्रोन आफ्नो सेटबाट उड्न एक सेकेन्ड पनि तलमाथि हुँदा दृश्य प्रदर्शनीमा गडबडी हुन्छ।

चिनियाँ मिडियाका अनुसार भीडलाई मनोरञ्जन दिनुबाहेक विश्वको सबैभन्दा ठूलो 'ड्रोन लाइन शो' आयोजना गरेर चोङकिङले ड्रोन क्लस्टर प्रविधिमा आफ्नो शक्ति प्रदर्शन गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
