दक्षिण कोरियाली गुप्तचर निकायको आकलनअनुसार थप तैनाथी ‘जुलाई वा अगष्टको शुरूमा हुन सक्छ’।
दक्षिण कोरियाली सांसदले सियोलको गुप्तचर निकायलाई उद्धृत गर्दै उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा सघाउन जुलाई महिनाभित्रै रुसमा थप सैनिक पठाउन लागेको बिहीबार बताएका छन्।
उत्तर कोरियाले रुसको कुर्स्क क्षेत्रको पुनर्स्थापनाका लागि सैन्य निर्माणकर्ता र सेपर पठाउने रुसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले प्योङयाङ भ्रमणका क्रममा बताएका थिए।
“उत्तर कोरियाले रुसलाई आफ्नो सेना पठाउने र हतियार आपूर्ति गर्ने क्रम जारी राखेको छ र कुर्स्कलाई पुनः कब्जामा लिने मस्कोको प्रयासमा उसको सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको हामीले देखेका छौँ,” दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले गुप्तचर निकायलाई उद्धृत गर्दै सञ्चारकर्मीसँग भने।
उनका अनुसार गत वर्षको अक्टोबरमा ११ हजार सैनिक पठाएपछि रुसले कुर्स्कको पुनर्निर्माणमा सहयोग गर्न चार हजार सैनिक र थप ६ हजार निर्माणशक्ति परिचालन गर्ने घोषणा गरिसकेको छ। राष्ट्रिय गुप्तचर सेवाको आकलनअनुसार थप तैनाथी ‘जुलाई वा अगष्टको शुरूमा हुन सक्छ’।
“यसको प्रमाण के हो भने, शोइगुले अघिल्लो तैनाथीको समयमा पनि लगभग एक महिना अघि प्योङयाङको भ्रमण गर्नुभएको थियो र अहिले पनि त्यो देखिन्छ,” लीले भने।
तयारी पहिले नै चलिरहेको संकेत गर्दै उनले भने, “उत्तर कोरियाले रुस पठाउनका लागि लागि कर्मचारी चयन गर्न शुरू गरिरहेको जानकारी छ।”
तीन वर्षभन्दा लामो युक्रेनी आक्रमणका क्रममा उत्तर कोरिया रुसको प्रमुख सहयोगी बनेको छ र कुर्स्कबाट युक्रेनी सेनालाई पछि हटाउन क्रेमलिनलाई सहयोग गर्न हजारौँ सैनिक र कन्टेनरभर हतियार पठाएको छ।
“उत्तर कोरियाले रुसलाई जहाज र सैन्य विमानबाट वितरण गरिने क्षेप्यास्त्र र लामो दूरीको रकेट प्रणालीसहित अनुमानित करोडौँ तोपका गोला उपलब्ध गराएको विश्वास गरिन्छ,” लीले भने।
गत वर्ष रुसी नेता भ्लादिमिर पुटिनको आणविक शक्तिसम्पन्न उत्तर कोरियाको दुर्लभ भ्रमणका क्रममा रुस र उत्तर कोरियाबीच पारस्परिक प्रतिरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।
दक्षिण कोरियाली गुप्तचर सेवालाई उद्धृत गर्दै लीले भने, “अहिलेसम्म रुसका लागि लडिरहेका करिब ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्।”
प्योङयाङले गत अप्रिलमा पहिलो पटक युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न सेना तैनाथ गरेको पुष्टि गरेको थियो। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले थप सहयोगको योजनाको पुष्टि गरेका छन् तर विस्तृत विवरण भने दिएका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
