नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल दुई वटा कुकुरसहित सात जनाको टोली परिचालन गरेको छ।
काठमाडौँ– नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु स्वास्थ्य तथा डग हेन्डलर उपशाखा बलम्बुबाट दुई वटा कुकुर पठाएको छ।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदाल धौवजीले दुई वटा कुकुरसहित सात जनाको टोली पठाइएको जानकारी दिएका छन्।
नुवाकोटको ककनी गाउँपालिका–१ भसीबुस्थित बिमचना खोलामा अविरल वर्षाका कारण पानीको बहाव बढ्न जाँदा ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी थिइन्।
बलामीको खोजीका लागि सशस्त्र प्रहरी सहायक निरीक्षक राजन सुवेदीको कमान्डमा सातजना सुरक्षाकर्मीसहित दुई वटा सर्च एन्ड रेस्क्यु तालिम प्राप्त कुकुर परिचालन गरिएको उनले बताए।
बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि शुक्रबार बिहानदेखि सशस्त्र प्रहरी बल नेपाल यूएन तालिम शिक्षालय ककनी, नं १९ गुल्म नुवाकोट र सुरक्षा बेस बञ्चरेडाँडाबाट ६५ जना सुरक्षा फौज परिचालन भएको छ।
सोही ठाउँमा रहेको तीन वटा गोठ बगाउँदा गोठमा रहेका अशोक बलामी घाइते भएको र उनलाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ। यसैगरी, केही चौपाया बाढीले बगाएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
