राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।
काठमाडौँ— राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। भक्तपुरस्थित बोर्डको कार्यालयमा बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यस वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो गत वर्षको ४८ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो।
प्राप्तांकको विवरण:
३.६–४ जीपीए: ४८ हजार १७७ जना
३.२–३.६ जीपीए: ८१ हजार ३८५ जना
२.८–३.२ जीपीए: ८९ हजार १२४ जना
२.४–२.८ जीपीए: ४८ हजार ४७९ जना
२–२.४ जीपीए: चार हजार १३६ जना
१.६–२ जीपीए: आठ जना
यस वर्ष १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ भने एक लाख ६७ हजार ५९७ परीक्षार्थी अवर्गीकृत (ननग्रेड) श्रेणीमा परेका छन्। ननग्रेडमा परेका विद्यार्थीका लागि साउन २९ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको छ।
बोर्डका अनुसार कोशीमा ४७ हजार ८३५, मधेशमा ५९ हजार ७४९, बागमतीमा एक लाख १९ हजार ५१७, गण्डकीमा ४७ हजार ८४९, लुम्बिनीमा ५७ हजार ६८७, कर्णालीमा ४६ हजार ४५५, सुदूरपश्चिममा ५९ हजार ८०४ परीक्षार्थी उत्तीर्ण भएका छन्।
एसईई परीक्षा २०८१ चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको थियो, जसमा नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल चार लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
