प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकाससम्बन्धी व्यवस्था पारित भएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट निजी विद्यालय सञ्चालन र प्रारम्भिक बाल विकास (इसीडी)सम्बन्धी व्यवस्था पारित भएका छन्।
समितिको शुक्रबार बसेको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो। छलफलका क्रममा निजी विद्यालय सञ्चालन र व्यवस्थापनका सम्बन्धमा यसलाई लोककल्याणकारी, सेवामूलक, गैरनाफामूलक बनाएर लैजाने गरी समितिबाट विद्यालय शिक्षा विधेयक सर्वसम्मतले पारित भएको हो।
त्यसैगरी सामुदायिक र निजी विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी)मा दुई वर्षको अवधि रहने विषय पनि टुंगो लागेको छ। समितिले यी दुवै विद्यालयमा समान अवधि राख्ने सहमति गरेको हो। समितिले पूर्वप्राथमिक शिक्षालाई दुई वर्षभन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न नपाउने प्रावधान सर्वसम्मतले पारित गरेको हो।
समितिका सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेको प्रस्तावमा बाल सहजकर्ताका रूपमा नियुक्ति हुन कम्तीमा १२ कक्षा पढेको हुनुपर्ने, सेवा प्रवेश गर्दा तालिम लिनुपर्ने व्यवस्था राखिएको छ। ईसीडी बाल शिक्षक वा सहजकर्ता भन्ने र उनीहरूको वृत्ति विकासका विषयमा भने समितिले सहमति जुटाउन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
