असुरक्षित र द्वन्द्व प्रभावित मुलुकमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
विश्वभर द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको पाइएको छ।
विश्व बैंकले नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सन् २००० को दशकको शुरूआतदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणा बढी भएको जनाएको हो। असुरक्षित र द्वन्द्व प्रभावित मुलुकमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार विश्वमा ४२ करोडभन्दा बढी मानिस दिनको तीन अमेरिकी डलरभन्दा कम आम्दानीमा गुजारा चलाइरहेका छन्। जसलाई विश्व बैंकले ‘चरम गरिबी’ को परिभाषामा राखेको छ। सन् २०३० सम्म यो संख्या ४३ करोड ५० लाख नाघ्न सक्ने अनुमान गरिएको विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिल बताए।
“युक्रेन र मध्यपूर्वका द्वन्द्वमा हाल विश्व समुदायको ध्यान केन्द्रित भए पनि, आजका आधा द्वन्द्वग्रस्त देश १५ वर्षभन्दा लामो समयदेखि अशान्ति र अस्थिरतामा फसेका छन्,” उनले भने, “हाल ३९ देशलाई द्वन्द्व प्रभावित मुलुकको सूचीमा राखिएको छ, जसमा २१ देश प्रत्यक्ष सशस्त्र संघर्षमा रहेका छन्।”
यस सूचीमा युक्रेन, सोमालिया, दक्षिण सुडान, गाजा क्षेत्र र पश्चिमी तटका साथै इराकजस्ता देश समावेश छन्। यद्यपि, इरान भने समावेश गरिएको छैन।
द्वन्द्वको शुरूआत हुनुअघि नै गरिने रोकथामको पहल धेरै सस्तो, प्रभावकारी र दीर्घकालीन रूपमा फाइदाजनक हुने विश्व बैंकले जनाएको छ।
विश्व बैंकका उपप्रमुख अर्थशास्त्री आयहान कोसे पछिल्लो डेढ दशकमा द्वन्द्वग्रस्त देशमा आर्थिक जडता नै सामान्य अवस्था बनिसकेको उल्लेख गरे। यस्तो परिस्थितिमा परिवर्तन ल्याउन अब निर्णायक प्रयास गर्नुपर्नेमा उनले जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
