ललितपुरको गोदावरी नगरपालिका–६, ढुंगे, जुरेडाँडा, नयाँबस्ती, गैरीगाउँ र टुसाल गाउँका स्थानीय बर्खा लागेसँगै त्रासमा छन्। उक्त क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले क्षति पुर्याएको थियो।
काठमाडौँ– मनसुनी प्रणाली सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ। बाढी पहिरोलगायत विभिन्न प्राकृतिक विपत्का घटना हुन थालेका छन्।
बर्सेनि यस्ता विपद्मा परेर जनधनको क्षति हुने गरेको छ। यस वर्ष विगतको तुलनामा अधिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

ललितपुरको गोदावरी नगरपालिका–६, ढुंगे, जुरेडाँडा, नयाँबस्ती, गैरीगाउँ र टुसाल गाउँका स्थानीय बर्खा लागेसँगै त्रासमा छन्। नल्लु खोलामा गत असोजमा आएको बाढीले ढुंगे गाउँलाई बगर बनाएको थियो। गैरीगाउँ र टुसाल गाउँका केही घर नल्लुमा बगेका थिए। आफूहरूका लागि सरकारले केही पनि नगरेको स्थानीयको गुनासो छ।

स्थानीय नीता नगरकोटी जस्ताले बनाएको अस्थायी घरको आँगनबाट ढुंगेतर्फ हेर्दै असोजको बाढी र त्यसले मच्चाएको वितण्डा सम्झिन्छिन्। उनको दुईतले घर, पसल सबै बगायो, केही निकाल्न पाइनन्। गरिखाने पसल पनि नरहेपछि अहिले उनी सो क्षेत्रमा सञ्चालन गरेको क्रसरमा ढुंगा संकलन गर्छिन्। गैरसरकारी संस्था महासंघले दिएको जस्ताले अर्काको जग्गामा अस्थायी घर बनाएको उनले बताइन्। “नगरपालिका र वडाले आश मात्र देखाए,” उनले गुनासो गरिन्।

सो क्षेत्रमा दशकौँदेखि सञ्चालन गरिएको अवैध उत्खनन, क्रसर उद्योग तथा अध्ययनबिना जथाभाबी खनिएका सडकले नल्लु खोलामा बाढी निम्त्याएको स्थानीयको भनाइ छ।
नल्लु खोलाको धार नै परिवर्तन हुने गरी आएको बाढीले ठूली नगरकोटीको घर पनि बचेन। अहिले उनले सिखर्पा गाउँमा जमिन भाडामा लिएर अस्थायी घर बनाएकी छन्। तर उनलाई भाडा तिर्न पनि मुस्किल भइरहेको छ। नगरपालिकाले १० वर्षको लागि भाँडा तिर्दिने भनेको भए पनि अहिले त्यसो नगरेको उनले सुनाइन्। ठूली अहिले क्रसरमै ज्याला मजदुरी गर्छिन्।

यस क्षेत्रमा बाढीले अधिकांश परिवारको उठिबास लागेको छ। गैरीगाउँ र टुसालगाउँका केही परिवार विस्थापित नै हुनु परेको छ। खोलालाई पुरानै धारबाट फर्काउन तारजाली लगाउन माग राखे पनि वडाले सहयोग नगरेको स्थानीयको भनाइ छ। कतिबेला खोलामा बाढी आएर बगाउने हो भन्ने चिन्तामा रहेको अर्का स्थानीय राजकुमार नगरकोटीले बताए।

बाढीले टिकाभैरव क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको थियो। टीकाभैरव मन्दिर जीर्ण बनेको छ। धेरैको खेत कटान गरेको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
