फ्रान्समा सार्वजनिक स्थानमा धूमपान प्रतिबन्ध

फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूमपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ। ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूमपान प्रतिबन्धलाई समर्थन गरेका छन्।

तस्वीर: एपी।

फ्रान्सले समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय जस्ता सार्वजनिक स्थानमा धूमपान पूर्ण रूपमा निषेध गरेको छ। 

सरकारले शनिबार जारी गरेको नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोखरी (स्विमिङ पुल) तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ।

स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले बालबालिकालाई निष्क्रिय धूमपान (प्यासिभ स्मोकिङ) बाट जोगाउन यस्तो निर्णय गरिएको  आवश्यक भएको बताइन्। “जहाँ बालबालिका हुन्छन्, त्यहाँबाट चुरोट हट्नुपर्छ। बालबालिकालाई शुद्ध हावा सास फेर्ने अधिकार छ,” उनले भनिन्। 

यो नियम इलेक्ट्रोनिक चुरोटमा लागू हुने स्पष्ट गरिएको छैन। क्याफेहरूको बाहिर भने धूमपान गर्न पाइनेछ। नियम उल्लंघन गर्ने व्यक्तिलाई १३५ युरो जरिबाना तोकिएको छ। 

फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूमपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ। हालै गरिएको सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूमपान प्रतिबन्धलाई समर्थन गरेका छन्। (रासस/एएफपी)