धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको राष्ट्रिय प्रसारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
गुल्मी– करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको राष्ट्रिय प्रसारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई शनिबार बिहान करेन्ट लागेको थियो।
करेन्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा शनिबार अपराह्न मृत्यु भएको प्रहरी नायब उपरीक्षक सारुले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताए। “उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन, उहाँ किन पोलमा चढ्नुभयो जानकारी छैन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
