आइतबार मनाइने धान दिवस र दही चिउरा खाने दिनका लागि भक्तपुरको प्रसिद्ध जुजुधौको माग ह्वात्तै बढेपछि यहाँका व्यवसायीहरूलाई जुजुधौ बनाउन भ्याईनभ्याई भएको छ।
आइतबार मनाइने धान दिवस र दही चिउरा खाने दिनका लागि भक्तपुरको प्रसिद्ध जुजुधौको माग निकै बढेको छ। यसले गर्दा यहाँका जुजुधौ व्यवसायीलाई यतिबेला दही बनाउन भ्याईनभ्याई भएको छ। दूध उमाल्ने र जुजुधौ तयार पार्ने काममै उनीहरूको दैनिकी अहिले झनै व्यस्त बनेको छ।

भक्तपुरको एसएस जुजुधौकी सञ्चालिका रिना सुवाल र उनको उद्योगमा कार्यरत पाँच जना कर्मचारीहरू पनि जुजुधौ बनाउनमा पूर्ण रूपमा व्यस्त छन्। सुवालका अनुसार जुजुधौको स्वादले मानिसहरूमा पारेको गहिरो प्रभावका कारण नै यसको माग बढेको हो।

“अहिले हामीले दैनिक २० देखि २५ क्यान दूधबाट जुजुधौ बनाउँछौँ, जबकि सामान्य अवस्थामा १५ क्यान दूध प्रयोग हुने गर्थ्यो,” सुवालले भनिन्। एक क्यानमा ४० लिटर दूध हुने र त्यसलाई फ्याट परीक्षण गरी ८५ डिग्री सेल्सियसमा उमालेर एक घण्टा डेक्चीमा पकाएपछि मात्रै सेलाउन राखिने प्रक्रिया उनले बताइन्।

मल्लकालीन समयदेखि नै ‘दहीको राजा’ उपमा पाएको भक्तपुरको मौलिक उत्पादन जुजुधौ यसको स्वाद र उच्च गुणस्तरका कारण सधैँ मानिसहरूको रोजाइमा पर्दै आएको छ। यसको प्रमुख विशेषता भनेको चक्कुले टुक्रा–टुक्रा पारेर काट्न मिल्नु हो।

माटोको कटारोमा रहेको दहीलाई घोप्टाउँदा पनि नपोखिनु यसको अर्को अनौठो विशेषता हो। यस्तो विशेषतायुक्त दही बनाउन उच्च गुणस्तरको गाई–भैँसीको शुद्ध दूध आवश्यक पर्छ। जुजुधौ तयार गर्न चिल्लोपना बढी भएको दूध चाहिन्छ।

दूध उमाल्ने बेलामा कति दूध उमाल्ने हो सोहीअनुसार नापेर चिनी हालिन्छ र त्यसमा सुकुमेल पनि मिसाइन्छ। नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकार्य, यात्रा, सफलता र ठूलो दुर्घटनाबाट सकुशल पार लागेको अवस्थामा दिइने सगुनका रूपमा होस् या भोजमा, दहीको प्रयोग अनिवार्य मानिन्छ। भक्तपुरमा हाल करिब पाँच दर्जनको हाराहारीमा जुजुधौ व्यवसायीहरू सक्रिय छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
