पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्।
काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्। मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरी पुनः पार्टीको सदस्यका रूपमा जोडिएको जानकारी दिएकी हुन्।
राष्ट्रपतिको भूमिकाबाट बाहिर आएपछि आफ्नो भविष्यको राजनीतिक जीवनबारे चलेका विभिन्न चर्चा परिचर्चालाई सम्बोधन गर्दै उनले भनिन्, “फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु। अब म नेकपा एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।”
आफ्नो कुनै विशिष्ट राजनीतिक महत्त्वाकांक्षा नरहेको स्पष्ट पार्दै पूर्वराष्ट्रपति भण्डारीले देश र जनताको हित नै आफ्नो एक मात्र लक्ष्य भएको बताइन्। मदन भण्डारीको भनाइ ‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन’लाई स्मरण गर्दै उनले आफू त्यसैलाई आदर्श मानेर राजनीतिमा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गरिन्।
सम्बोधनका क्रममा उनले मदन भण्डारीको योगदान र ‘जनताको बहुदलीय जनवाद’ (जबज)को सान्दर्भिकतामाथि प्रकाश पारिन्। उनले जबज नेपाली माटोमा जन्मेको मौलिक सिद्धान्त भएको र यसकै मार्गदर्शनमा नेपालले राजनीतिक स्थायित्व र समृद्धिको यात्रा तय गरेको बताइन्।
“जबजले अवलम्बन गरेका राजनीतिक, आर्थिक तथा सामाजिक–सांस्कृतिक नीति, दृष्टिकोण र सोचअन्तर्गत नै बितेका तीन दशकमा नेपालको राजनीति, अर्थतन्त्र र समाज लाभान्वित बनेर सकारात्मक परिणाम देखा परेका हुन्,” उनले भनिन्।
त्यस्तै, आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै उनले विद्यार्थी आन्दोलनदेखि राष्ट्रपतिको जिम्मेवारीसम्म आइपुग्दा पार्टी र जनताले दिएको विश्वासप्रति आभार प्रकट गरिन्। राष्ट्रपति हुँदा राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै आँच आउने काम नगरेको उनको भनाइ थियो।
मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘जबजका तीन दशक’ विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण समारोहमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका शीर्ष नेताको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
