कम्बोडियाका नेतासँगको विवादास्पद फोन वार्तापछि थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
तनहुँ– जिल्लामा ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अंगुरखेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ। घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अंगुरखेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन्।
काठमाडौँ चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अंगुरखेती गरिरहेका छन्। विसं २०७७ मा घिरिङ भिनेयार्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी खेती शुरू गरेकोमा अहिले फार्ममा लटरम्म अंगुर फलेका छन्।
करिब ७० रोपनी क्षेत्रफलमा डिभिको, चार्डोनी, अर्काडिया, सोन्जालगायत २१ प्रजातिका अंगुर लगाएको कार्कीले जानकारी दिए। उनका अनुसार जिल्लाको पहिलो अंगुरखेती हेर्न दैनिक ५० जनासम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्।
व्यास नगरपालिका–५ का मोहनकुमार श्रेष्ठले लटरम्म फलेका अङ्गुरले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने बताए। अंगुर फार्ममा पुगेका छिमेकी ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अंगुरखेती प्रशंसालायक रहेको उल्लेख गरे।
सञ्चालक कार्कीका अनुसार फार्ममा चार जनाले स्थायी र २० जनाले ज्यालादारीका रूपमा रोजगारी पाएका छन्। स्विट्जरल्यान्डबाट प्रतिबिरुवा ७०० देखि एक हजार रुपैयाँसम्ममा खरिद गरी यहाँ ल्याएर रोपिएको उनले जानकारी दिए। अंगुरखेतीका लागि हालसम्म एक करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको उनले बताए।
कार्कीका अनुसार यहाँ उत्पादित अंगुर वाइन बनाउनका लागि धादिङ पठाउने गरिएको छ। ७५० मिलिलिटरका बोतलमा विभिन्न तीन प्रकारका वाइन उत्पादन भइरहेको उनले जानकारी दिए। वाइन बनाउने कम्पनीले धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा रहेको छ। विगत १५ वर्षदेखि ३०० रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अंगुरखेती गरी वाइन उत्पादन गर्दै आएको कार्कीले बताए।
धादिङमा ३८ करोड ५० लाख रुपैयाँको लागतमा अंगुरखेती र वाइन उत्पादन भइरहेको भन्दै त्यहाँ उत्पादित वाइन प्रतिबोतल एक हजार २०० रुपैयाँमा बिक्री भइरहेको उनले उल्लेख गरे। “कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ,” उनले भने।
वर्षामा एकपटक अंगुर फल्ने भएकाले अन्य समयमा फार्ममा रेखदेख, गोडमेल, काँटछाँट, बिरुवा मरेका ठाउँमा नयाँ बिरुवा लगाउनेलगायत कार्य गरिएको उनको भनाइ छ।
फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमानलगायत जातका अंगुर छन्। अंगुरको बोटमा चैत, वैशाखमा फूल फुल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुन्छ। यहाँको हावापानी उपयुक्त रहेकाले व्यावसायिक रूपमा अंगुरखेती भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
