प्रतिष्ठानमा प्राप्त २०३ पुस्तकमध्येबाट छनोट समितिले पहिलो चरणमा उपन्यास, आख्यान, कविता, कथा संग्रह, गैह्र आख्यान, नियात्रा र संस्मरण विधाका १५ पुस्तक छानेको हो।
काठमाडौँ– पद्मश्री साहित्य पुरस्कार २०८१ का लागि १५ पुस्तकको सूचि सार्वजनिक भएको छ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।
२०८१ सालमा प्रकाशित भएर प्रतिष्ठानमा प्राप्त २०३ पुस्तकमध्येबाट छनोट समितिले पहिलो चरणमा उपन्यास, आख्यान, कविता, कथा संग्रह, गैह्र आख्यान, नियात्रा र संस्मरण विधाका पुस्तक छानेको हो।
छनोट भएका पुस्तकमा शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत’, छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश क्षितिजको कथा संग्रह ‘एउटा मायी नगरमा’, रमेश भुसालको गैह्र आख्यान ‘छालबाटो’ र भवानी खतिवडाको नियात्रा ‘प्रणाम सगरमाथा’ रहेका छन्।
पंचम अधिकारीको आख्यान ‘प्रवासीको देश हुन्न’, दिनेश अधिकारीको कविता संग्रह ‘पानीको परेड’, श्रेयज सुवेदीको कथा संग्रह ‘बहुरुपी’, टंक चौलागाईको उपन्यास ‘रुदाने’ र सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ सूचीमा समावेश छन्।
हेम प्रभासको कविता संग्रह ‘साँझमा सेल्फी’, डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’, वसन्त बस्नेतको आख्यान ‘सिमसारा’, हेमन्त मिश्रको संस्मरण ‘श्री ५ को सेवामा’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ उत्कृष्ट १५ मा परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
