पर्वतमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन्। 

पर्वत– पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा शनिबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

लमाखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जिप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार गाडी सडकबाट झन्डै १५० मिटर तल खसेको छ। दुर्घटनामा गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन्।  घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।