नेपालले प्रसिद्ध जैसीको शतकमा ५ विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेको हो। जैसीले ११४ बलमा १५ चौका र १ छक्काको मद्दतमा १३२ रनको शानदार शतकीय पारी खेले।
काठमाडौँ– मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटमा नेपालले इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको छ।
क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले प्रसिद्ध जैसीको शतकमा ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेको हो।
जैसीले ११४ बलमा १५ चौका र १ छक्काको मद्दतमा १३२ रनको शानदार शतकीय पारी खेले। रौनक श्रीवास्तवले ७१ बलमा ८ चौका र २ छक्का मद्दतमा ८८ रन बनाए।
परिमार्जन यादवले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ७१ रन बनाए। जोय थापाले ४१ बलमा ५७ रन बनाए।
इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए भने काभिन नीरज, महेन्द्रा आजी र रेहान रिजाले १-१ विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
