नेप्से परिसूचकमा दोहोरो अंकको सुधार, ७ अर्बमाथिको कारोबार

आइतबार नेप्से परिसूचक २६.५३ अंकले बढेर २६२२.२८ बिन्दुमा उक्लिएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार २६.५३ अंकको सुधार देखिएको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २६२२.२८ बिन्दुमा पुगेको छ।

आज ३२८ कम्पनीको एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७४ हजार ७५२ पटक कारोबार हुँदा कुल सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

कारोबारमा उत्पादन तथा प्रशोधन समूह ०.५६ प्रतिशतले घटेको छ भने अन्य सबै समूहको उपसूचकमा वृद्धि भएको छ। बैंकिङ समूहमा सर्वाधिक २ प्रतिशतको वृद्धि देखिएको छ।

यसैगरी, विकास बैंक १.६१ प्रतिशत, वित्त ०.६४ प्रतिशत, होटल तथा पर्यटन ०.०९ प्रतिशत, जलविद्युत् ०.५४ प्रतिशत, लगानी ०.३२ प्रतिशत, जीवन बीमा ०.८२ प्रतिशत, लघुवित्त १.५८ प्रतिशत, म्युचुअल फन्ड ०.३७ प्रतिशत, निर्जीवन बीमा ०.४२ प्रतिशत, व्यापार ०.२७ प्रतिशत र अन्य समूह १.३५ प्रतिशतले बढेका छन्।

यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। जोशी हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य भने सबैभन्दा बढी ५.५७ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा साहस ऊर्जाको ५७ करोड ८६ लाख ८८ हजार २०२ रुपैयाँ बराबरको ९ लाख ७५ हजार ५९८ कित्ता शेयर किनबेच भई शीर्ष स्थानमा रह्यो।