नेपाल टि २० : पाेखरा र लुम्बिनी तथा काठमाडाैँ र जनकपुर भिड्दै

लुम्बिनी र जनकपुरले लगातार दुई खेलमा जित निकालेका छन्। पाेखरा र काठमाडाैँ पहिलाे जितकाे खाेजिमा छन्।

तस्वीर : क्यान

काठमाडाैँ– नेपाल टि २० लिग क्रिकेटमा आज (मंगलबार) दुई खेल हुँदैछन्।

पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीच प्रतिस्पर्धा हुँदै छ। उक्त खेल बिहान नाै बजे शुरू भएकाे छ।

यसअघि दुई जित निकालेकाे लुम्बिनी लगातार तेस्रो जितकाे खोजिमा छ। दुवैमा पराजय बेहाेरेकाे पाेखरा भने अंकविहीन छ। काठमाडौँ नाईट्स र जनकपुर रोयल्स दाेस्राे खेलमा मैदान उत्रिँदैछन्। खेल एक बजे शुरू हुनेछ।

लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजिमा हुनेछ। दुई खेल खेलमा पराजय बेहाेरिसकेकाे काठमाडाैँ पहिलाे जितकाे खाेजिमा छ।