पर्सा– पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ। चालु आर्थिक वर्षको असार १२ गतेसम्मका अवधिमा जिल्लामा लागुऔषधसम्बन्धित ११४ मुद्दा दर्ता भएका छन्।
जिल्लाको १०७ किलोमिटर छिमेकीमुलक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागुऔषधको तस्करीसम्बन्धित गतिविधि बढेको जनाइएको छ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार १२ गतेसम्म लागुऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर १५१ जनालाई पक्राउ गरेको जानकारी दिए।
‘‘लागुऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ९८ नेपाली पुरुष र छ जना नेपाली महिला पक्राउ परेका छन्,’’ उनले भने, ‘‘सोही अवधिमा ४५ विदेशी नागरिक र दुईजना विदेशी महिला समेत सो कारोबारमा संलग्न रहेको जनाउँदै पक्राउ परेका हुन्।’’
जिल्ला प्रहरी कार्यालय पर्साले चालु आवमा एक हजार ५६१ किलो गाँजा पक्राउ गरेको छ। त्यस्तै ६२५ किलो चरेश बरामद गरेको छ। त्यस्तै ३८४ ग्राम खैरो हिरोइन र साढे एक किलो अफिम बरामद गरेको छ। त्यस्तै गरी फेनारगन एक हजार ४३३ एम्पुल, डाइजेपाम चार हजार ४९९ एम्पुल, नुरफिन चार हजार ४६४ एम्पुल बरामद गरेको छ। त्यस्तै ट्रामाडोल दुई लाख ८९ हजार २७४ ट्याब्लेट बरामद गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
