मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

आइतबार पनि मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

काठमाडौँ– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

हिजो आइतबार पनि मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय ससना म्याग्निच्युडका भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।