डुबानका कारण पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ।
कञ्चनपुर– गएरातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ पवित्राबस्ती डुबानमा परेको छ। डुबानका कारण पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार विकको परिवारलाई नजिकै रहेको पवित्र आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ। अविरल वर्षाले विकको घर डुबेपछि परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।
डीएसपी बोहराले वर्षा अझै जारी रहेकाले स्थानीय बासिन्दालाई खोलानालामा माछा मार्न नजान र जथाभावी घरबाहिर ननिस्कन आग्रह गरेका छन्। “माछा मार्न हिँडडुल गर्न तथा जथाभाबी घर बाहिर नजानका लागि आग्रह गरेका छौँ,” उनले भने, “डुबान तथा कुनै क्षति हुन गएमा नजिकको प्रहरी चौकीमा खबर गर्नका लागि स्थानीयसँग अनुरोध गरेका छौँ।”
हाल महाकाली नदीमा पानीको बहाव खतराको तहभन्दा तल ६५ हजार ४९० क्यूसेक रहेको छ। यद्यपि, मोहना, चौधर, स्याली, सुनवोरा लगायतका अन्य नदीहरूमा पानीको बहाव उच्च रहेको बोहराले जानकारी दिए। अहिलेसम्म मानवीय तथा चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै कञ्चनपुरका अधिकांश स्थानमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। विभागले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
