गण्डकी सरकारकाे ‘एक घर : एक धारा अभियान’ अन्तर्गत् तनहुँमा एकै वर्ष तीन हजार ३०० घरधुरीमा खानेपानीकाे पहुँच पुगेकाे छ।
तनहुँ– जिल्लामा एक वर्षमा तीन हजार ३०० घरधुरीमा खानेपानी विस्तार भएको छ।
गण्डकी प्रदेश सरकारले ‘एक घरः एक धारा अभियान’ चलाएपछि नागरिकमा खानेपानीकाे पहुँच बढेकाे हाे। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेका अनुसार उक्त अवधिमा ११ वटा खानेपानी आयोजना सञ्चालनमा ल्याइएकाे छ।
१९ आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ। याेसँगै जिल्लामा ९२.४२ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको छ। २०७८ सालको जनगणनाअनुसार यहाँ तीन लाख २७ हजार ६२० जनसङ्ख्या छ।
त्यसमध्ये तीन लाख दुई हजार ७९९ जना जना खानेपानीबाट लाभान्वित भएको खानेपानी कार्यालयले जनाएको छ। एक वर्षमा पाँच हजार २२१ नागरिक लाभान्वित भएका छन्। निर्माण व्यवसायीका कारण केही ढिलाे भएकाे कार्यालय प्रमुख न्यौपानेले बताए।
“निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरिदिँदा कार्यालयलाई असर परेको छ, जनतालाई स्वच्छ खानेपानी सुविधा पुर्याउन हामी लागिपरेका छौँ”, उनले भने।
बाढीपहिराेकाे असर, मर्मतमा दबाब आउनु, खानेपानी योजनामा विद्युतीय कार्य सहज नहुनु, न्यून बजेट विनियोजन, जनप्रतिनिधि तथा उपभोक्ताबाट आयोजनाले नसमेटेको स्थानमा पाइप तथा फिटिङ्सको माग आदि कारणले काम गर्न असहज भएकाे कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
रासस
