न्यायाधीशका प्रस्तावित तीन र न्याय परिषद्का एक गरी चारै जनाको सुनुवाइ सकिएको छ। समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्णय अर्को बैठकबाट हुनेछ।
काठमाडौँ– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको सुनुवाइ सम्पन्न गरेको छ। न्याय परिषद्का एक सदस्यको पनि सुनुवाइ सकिएको छ।
समितिको सोमबार सिंहदरबारमा भएको बैठकले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्याय परिषद् सदस्य महेश नेपालको सुनुवाइ गरेको हो। समितिले आइतबार सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ गरेको थियो।
प्रस्तावित न्यायाधीश पदका तीन सदस्य र न्याय परिषद्को प्रस्तावित एक सदस्यसहित चारै जनाको सुनवाइ सम्पन्न भएको र निर्णय भने अर्को बैठकबाट हुने समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन्।
सुनुवाइ क्रममा प्रस्तावित न्यायाधीशले योग्यता, क्षमता, रुची, सोच र अवधारणा प्रस्तुत गरेका थिए। उनीहरूले संविधान, कानूनको सीमाभित्र रहेर निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाए।
यस्तै, न्याय परिषद्का सदस्यले आफ्नो योग्यता, कार्यक्षमता, सोच र अवधारणा प्रस्तुत गर्दै संविधान र कानूनको सीमाभित्र रहेर न्यायसम्पादन गरिने विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
