नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकममा भने गिरावट

सोमबार नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ बिन्दुमा कायम भएको छ।

काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २६३१.४८ बिन्दुमा कायम भएको हो। यद्यपि, बजारमा सकारात्मक सुधार देखिए पनि कुल कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आज कुल ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार ३७१ पटक खरिदबिक्री भएका छन्। यसबाट ६ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन सात अर्ब १२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आजको कारोबारमा वित्त समूह ०.०६, होटल तथा पर्यटन ०.०३, जलविद्युत् ०.२८ र अन्य समूह ०.३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले बढेको छ। बैंकिङ ०.३८, विकास बैंक ०. ७२, लगानी ०. ०२, जीवन बीमा ०. ८२, लघुवित्त ०. ९२, म्युचुअल फन्ड ०. ३६, निर्जीवन बिमा ०. ६१ र व्यापार समूह ०. ७२ प्रतिशतले बढेको छ।

आजको कारोबारमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्यमा सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य ४.९२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै साहास ऊर्जाको ३६ करोड ५३ लाख ९८ हजार ४८८ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रो इनर्जी सात लाख १५ हजार ९३९ कित्ता खरिदबिक्री भएको छ।