रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ।
काठमाडौँ– रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते सोमबारका दिन उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको सोमबारको बैठकले रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभा सदस्य दीपक बोहराको २०८१ चैत १९ गते निधन भएपछि उक्त स्थान रिक्त भएको थियो। संघीय संसद् सचिवालयले २०८१ चैत ३१ गते निर्वाचन आयोगलाई बोहराको निधनबारे जानकारी गराएको थियो।
प्रतिनिधिसभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै कुनै सदस्यको स्थान रिक्त भएमा सो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गरिने उल्लेख छ।
निर्वाचन आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध गरिएको छ। साथै, उक्त क्षेत्रमा केन्द्रित मतदाता नामावली संकलन पनि स्थगित भएको आयोगले जनाएको छ।
निर्वाचन आयोगले रुपन्देही–३ मा उपनिर्वाचनको मिति घोषणा गरेसँगै उक्त क्षेत्रमा मतदाता नामावली दर्ता कार्य स्थगन गरेको छ। असार १७ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि मतदाता नामावली दर्ता स्थगन गरिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता अर्यालले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
