आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीमा २ हजारभन्दा बढी घरमा पानी पसेको छ भने डुबानमा फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ।
कैलाली– आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्। डुबानमा फसेका आठ जनालाई प्रहरीले सोमबार उद्धार गरेको छ।
धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका चार जना र धनगढीको बेली गाउँका चार जना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोसीले जानकारी दिए।
उनका अनुसार बेलीका सीताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ। त्यसैगरी, धनगढी–१३ श्रीलंकाका एकै परिवारका चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ।
सूचना अधिकारी जोसीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताए। जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
