आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले बढाएको छ।
काठमाडौँ– नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार सोमबार निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो। नयाँ मूल्य मंगलबारदेखि लागू हुनेछ।
निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले वृद्धि गरिएको छ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल काठमाडौँमा अब प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ। त्यस्तै, पहिलो वर्गमा १६२.५० रुपैयाँ र दोस्रो वर्गमा १६४ रुपैयाँ प्रतिलितर कायम भएको छ।
डिजेल/मट्टितेल काठमाडौँमा अब प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ। पहिलो वर्गमा १४६.५० रुपैयाँ र दोस्रो वर्गमा १४८ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज पर्छन् भने दोस्रो वर्गमा सुर्खेत र दाङ र तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन्।
हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर सात रुपैयाँले बढेर १२५ रुपैयाँ पुगेको छ। यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर ५१ अमेरिकी डलरले बढेर ९५२ डलर पुगेको छ। पोखरा ७८२ र भैरहवा ७६६ डलर पुगेको छ।
निगमका अनुसार, आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ ६४ पैसा, डिजेलको नौ रुपैयाँ १३ पैसा र हवाई इन्धनको ६ रुपैयाँ ८८ पैसाले बढेर आएको थियो।
तर, आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै कम मूल्यवृद्धि गरिएको निगमले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
