उद्योग वाणिज्य महासंघकाे टाेलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अर्थतन्त्र सुधारका लागि गम्भीर पहल गर्न अनुराेध गरेकाे छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थानका लागि सरकारले तत्काल कदम चाल्ने बताएका छन्।
मंगलबार उद्योग वाणिज्य महासंघकाे टाेलीसँग भेटका क्रममा दाहालले अर्थतन्त्र सुधारका विषयमा पन्त्रिपरिषद्काे पहिलाे बैठकले विषेश निर्णय गरिसकेकाे बताएका थिए। महासंघकाे टाेली बधाई तथा शुभकामना दिन दाहाल निवास खुमलटार पुगेकाे थियाे।
“तपाईंहरूकाे चासाे र चिन्तालाई सरकारले गम्भीर रूपमा लिन्छ,” दाहालले भने। महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्री दाहाललाई निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिए। अध्यक्ष गोल्छाले उद्योग, व्यवसाय र अर्थतन्त्रको संवेदनशीलताका विषयमा स्मरण गराएको बताए।
चालु पुँजी कर्जा मार्गनिर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने उनकाे सुझाव छ। आफूहरू बाध्य भएर सडकमा आउने पिरस्थिति बनेकाे उनकाे भनाइ थियाे।
“अर्थतन्त्रमा बहुआयामिक असर, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र समग्र बैंकिङ समस्याका कारण उद्योगी, व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाे छ”, उनले भने।
अर्थतन्त्रको संवेदनशीलता बुझेर प्रधानमन्त्रीले सोहीअनुसार अर्थपूर्ण पहल गर्ने आफूहरूकाे अपेक्षा रहेकाे बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
