मंगलबार नेप्से परिसूचक २८.९१ अंक अर्थात् १.०९ प्रतिशतले बढेर २६६०.३९ को विन्दुमा पुगेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। नेप्से परिसूचक २८.९१ अंक अर्थात् १.०९ प्रतिशतले बढेर २६६०.३९ को विन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
आज कुल २१७ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ३१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। यस दिन ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिद बिक्री हुँदा सात अर्ब तीन करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसअघि ६ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा उत्पादन तथा प्रशोधन ०.०७ र व्यापार समूहको उपसूचक ०.६१ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचकमा वृद्धि देखिएको छ। नेप्सेका अनुसार बैंकिङ १.०९, विकास बैंक १.२१, वित्त ०.५५, होटल तथा पर्यटन ०.५७, जलविद्युत् १.३८, लगानी २.३८ र जीवन बीमाको उपसूचक १.१२ प्रतिशतले बढेको छ। त्यस्तै, लघुवित्त २.२२, म्युचुअल फन्ड ०.३३, निर्जीवन बीमा १.०५ र अन्य समूहको उपसूचक पनि ०.४८ प्रतिशतले बढेको छ।
यस दिनको कारोबारमा सामुदायिक लघुवित्त र ङादी हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.८७ प्रतिशतले कमाएका छन्। त्यस्तै, सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले २.१३ प्रतिशतले गुमाएका छन्। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फाइस्टक्चरको ४६ करोड १६ लाख ४६ हजार १६० रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै बलेफी हाइड्रोपावरको पाँच लाख ९७ हजार २४८ कित्ता खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
