घोराही–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारीले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ।
घोराही– दाङको एक कृषि सहकारीले मेवाखेतीबाट राम्रो आम्दानी गर्दै आएको छ। घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको बलिदान कृषि सहकारी संस्थाले मेवाका बिरुवा र फल बिक्री गरेर आम्दानीसँगै आफ्ना सदस्यलाई रोजगारी दिँदै आएको छ।
सहकारीले नौ कट्ठा जग्गा भाडामा लिएर विगत तीन वर्षअघि देखि व्यावसायिक रूपमा ‘रेड लेडी’ जातको मेवाखेती शुरू गरेको थियो। उक्त जग्गाको वार्षिक ३६ हजार भाडा तिर्ने गरिएको सहकारीका व्यवस्थापक स्यानु चौधरीले बताए।
सहकारीले हालसम्म मेवाका बिरुवा बिक्रीबाट ५० हजार रुपैयाँ र पाकेको फल बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गर्न सफल भएको सहकारीका व्यवस्थापक चौधरीले बताए। मेवा बिक्रीबाट आएको मुनाफालाई शेयर सदस्यलाई दिने गरिएको उनी बताउँछन्।
शुरूमा १० पोकाबाट मेवाका बिरुवा उत्पादन गरिएको थियो। त्यसमा २५० बिरुवा सहकारीबाट लगाइएको उनको भनाइ छ। एक पोका बीउलाई आठ हजार ५०० पर्ने गरेको उनी बताउँछन्। प्रत्येक पोकाबाट ४०० बिरुवा उत्पादन हुने गरेको उनीसँग अनुभव रहेको छ। मेवाको बिरुवा पाँचभन्दा बढी लैजानेलाई १०० का दरले र त्योभन्दा कम लैजानलाई १५० का दरले बिक्री गर्ने गरेको संस्थाका व्यवस्थापक चौधरीले बताए।
मेवाको फल र बिरुवा पनि राम्रो बिक्री हुने गरेको उनी बताउँछन्। सहकारी संस्थामार्फत आम्दानी गर्न पाउँदा सबै शेयर सदस्य खुशी भएको उनी बताउँछन्। कुनै पनि आयआर्जन हुने काममा जोडिएपछि आम्दानी बढ्दै जाने उनको भनाइ छ। भोलिका दिन व्यवसायलाई अझ बढाउँदै लैजाने उनी बताउँछन्।
यसअघि ‘रेमिट्यान्स’ सेवामार्फत आम्दानी गर्दै आएको सहकारीले नयाँ सहकारी ऐनमा कृषि सहकारीले उक्त सेवा सञ्चालन गर्न नपाउने भएपछि आम्दानीका अन्य उपाय खोज्न थालेको थियो। सोही क्रममा सहकारीले धान खरिद गरी चामल बिक्रीबाट पनि गत वर्ष डेढ लाख रुपैयाँ आम्दानी गरेको थियो। ३५० सदस्य रहेको बलिदान कृषि सहकारीको डेढ करोड पुँजी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
